+
+

काठमाडौंको कपनमा महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते २१:३१

२० असार, काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटिएको छ ।

कोठामा खाटमा लडिरहेको अवस्थामा अन्दाजी ३४/३५ वर्षीया महिलाको शव भेटिएको काठमाडौं प्रहरीका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, कपनको टोली पुगेको छ । कोठामा ती महिलका एकजना छोरा पनि छन् । तर सुस्त श्रवण भएका उनी बोल्न सक्दैनन् ।

एसपी मैनाली भन्छन्, ‘विस्तृत अनुसन्धान नगरी के भएको हो, भन्न सकिन्न । भर्खरै आएर अनुसन्धान थालेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?