+
+

धनुषाबाट श्रोत नखुलेको ८३ लाख रकमसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १६:१७

२१ असार, जनकपुरधाम । धनुषाबाट श्रोत खुल्न नसकेको रु ८३ लाखभन्दा बढी रकमसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको जनकन्दिनी गाउँपालिका १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज.७ प ५००७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा रु ८३ लाख ६४ हजार ५ सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।

उक्त रकमसहित जनकनन्दिनी गाउँपालिका ५ बस्ने ३६ बर्षीय इश्वर मण्डल र सोही ठाउँका १९ बर्षीय राजेश मण्डल छन् ।

पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?