+
+

नक्कली नोटसहित दक्षिणकालीबाट २ जना पक्राउ

नेपाल प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १९:२४

२१ असार, काठमाडौं। नेपाल प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउँपालिका–३ का २६ वर्षीय प्रमोद ठाकुर र सोही स्थानका २५ वर्षीय गङ्गाकुमार यादवलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले ठाकुर र यादवलाई एक हजार दरको २७ थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका ठाकुर र यादवलाई मुलुकी अपराध संहिता २०७४, परिच्छेद–२२ को मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?