+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १४:४१

२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि  छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो ।

पछिल्लो पटक राजीनामाको माग उठ्न थालेपछि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे छलफल भएको थियो । लगत्तै माओवादी संसदीय समिति बनाउन तयार भयो ।

छानबिन समिति गठन गर्नुपूर्व अर्थमन्त्री शर्माले संसदमा आफ्नो धारणा राख्न चाहेका थिए । एमाले भने उनलाई स्पष्टीकरणको अवसर दिन तयार भएन, बरु संसदीय समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको थियो ।

तर यो नैतिक प्रश्न भएकाले एमालेले उठाउने र संसदीय समिति बनाएर अघि बढ्ने सहमति भएको छ । समितिको सदस्य संख्या भने टुंगो लागेको छैन । एमालेले सांसद संख्याको अनुपातमा उपस्थिति हुनुपर्ने र नेतृत्व आफूले पाउनुपर्ने माग गरेको छ । यसमा अरु दलहरु पनि सकारात्मक देखिएका छन् ।

अब सुरु हुने संसदमा सभामुखले संसदीय समिति गठनको घोषणा गर्न सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?