काठमाडौं । नेपालमा बडवाइजर बियर उत्पादन र आक्रामक बजारीकरण सुरु भएको १० महिना मात्र भयो । त्यसअघि आयात हुने गरेको यो बियर अहिले जाउलाखेल ग्रुप अफ कम्पनीको राज ब्रुअरीले नेपालमै उत्पादन गरिरहेको छ ।
नेपाली बियर पारखीमाझ छोटो समयमै लोकप्रिय बनेको नयाँ स्वादको बडवाइजर देशभर फैलन लागेको राज ब्रुअरीको भनाइ छ ।
नेपालमा बडवाइजर बियर उत्पादन, बजारीकरण र उपभोक्ताको रोजाइबारे जाउलाखेल ग्रुप अफ कम्पनीका प्रमुख बजार अधिकृत वैभव शर्मासँगको कुराकानीको सम्पादित अंशः
बडवाइजर कस्तो बियर हो ?
१४५ वर्षअघि अमेरिकामा उत्पादन सुरु भएको विश्व चर्चित ब्राण्ड हो, बडवाइजर बियर । विशिष्ट स्वादको यो वियरमा अल्कोहलको मात्रा ५ प्रतिशत मात्र हुन्छ । संसारभर रुचाइएको अन्तर्राष्ट्रिय ब्राण्डको बडवाइजर बियर पिउँदा छुट्टै अनुभूति हुन्छ । बियरको मज्जा लिने हो भने या बियरको विकल्प छैन । बियर खाने भनेको समय लिएर मिठो बात मार्दै खाने हो । छिट्टै मात्ने गरी पिउने भए हार्ड ड्रिङ्क्स लिए भइहाल्छ ।
केही समयअघि गण्डकी प्रदेशको एक शहरमा बडवाइजर बियर लिइरहेको मैले देखें । बियरका पारखीहरुले यो बियर अत्यधिक रुचाएको एक बिक्रेताले बताए । उनले नेपालमा अब अरु बियरको दिन गएको प्रतिक्रिया दिएका थिए ।
नेपालको बियर बजारमा यसको हिस्सा कस्तो छ ?
नेपालको कुल बियर बजारमा ८० प्रतिशत हिस्सा स्ट्रङ बियरको छ । बाँकी २० प्रतिशत बजारमा माइल्ड बियरहरुको तीब्र प्रतिस्पर्धा छ । यसमा पनि राज ब्रुअरीको बडवाइजर अगाडि छ ।
पछिल्लो समय चीन र भारतमा पनि तीव्र गतिमा बजार हिस्सा बढाइरहेको व्राण्ड हो, बडवाइजर । यस्तो हुनुमा गुणस्तर प्रमुख कारण हो ।
‘ब्रु लङ्गर’ अवधारणा अन्तर्गतको गुणस्तर, प्रविधि र परीक्षणको मापदण्डले बडवाइजरलाई सबैतिर उत्कृष्ट प्रमाणित गरेको छ । नेपालमा पनि त्यही नियम लागू हुन्छ ।
हरेक ब्याचको बडवाइजर गुणस्तर जाँच्न अमेरिकाको सेन्ट लुइस पठाइन्छ । त्यहाँबाट ओके भएपछि मात्र उत्पादन बजार पठाइन्छ । यसरी हामी गुणस्तरमा अब्बल छौं र बजारमा लोकप्रियता बढाउँदै छौं । प्रतिस्पर्धाको उत्पादनको तुलना बडवाइजर फ्रेस हुने भएकोले यसको स्वाद बढी लोकप्रिय भइरहेको हो ।
छोटो समयमै लोकप्रिय हुनुमा बजारीकरणको अरु शूत्र के हो ?
हामी आफैंले बडवाइजर बियर उत्पादन गरेर औपचारिक रुपमा बजारमा पठाएको जम्मा १० महिना भयो । यसबीचमा कुल ४ वटा कार्यक्रममा प्रोमोसन भएको बडवाइजर अहिले नेपालका सबै जिल्ला, ठूला शहर र प्रिमियम आउटलेटहरुमा पुगिसकेको छ । माइल्ड प्रिमियम बडवाइजरको स्वादका कारण केही क्षेत्रमा मानिसको बियर खाने बानीमै परिवर्तन आएको छ ।
गत क्रिसमस, अंग्रेजी नयाँ वर्ष, फागू पूर्णिमा र नपाली नयाँ वर्षमा गरेको चार वटा क्याम्पियनकै भरमा यो बियर देशभर फैलिन पुगेको छ । हार्ड बियरको उपभोग ९५ प्रतिशत रहेको सुदूरपश्चिम प्रदेशमा बडवाइजरको प्रवेशपछि त्यस्तो उपभोग घटेको हाम्रो अध्ययनले देखाएको छ ।
नेपाली बजारमा यो बियरको मूल्य कति पर्छ ?
प्रति बोत्तल ३९० रुपैयाँ मात्र पर्छ । बजारमा पाइने अन्य स्वदेशी–विदेशी ब्राण्डका वियरको तुलनामा स्वाद र गुणस्तरको हिसाबले यो निकै सस्तो हो ।
मासिक उत्पादन कति छ ?
अहिले मासिक ४ हजारदेखि ५ हजार हेक्टोलिटर उत्पादन गर्दैछौं । बजार मागको आधारमा उत्पादन र गुणस्तर परीक्षणपछि द्रूत ढुवानीमार्फत ताजा बियर उपलब्ध गराउँदै आएका छौं ।
प्रतिक्रिया 4