+
+

अर्थ मन्त्रालय अब प्रधानमन्त्रीले नै सम्हाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १९:४४

२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैंसँग राखेका हुन् ।

बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं मातहत राखेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?