
२ असार, विराटनगर । प्रेस चौतारी मोरङले दुई जना पत्रकारलाई शालिग्राम-मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
अग्रज पत्रकार यज्ञ शर्मा र पत्रकार लीलाराज भट्टराईलाई शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उनीहरुलाई पुरस्कार प्रदान गरेक ।
विसं २०७६ मा स्थापना भएको उक्त पुरस्कार कोरोना महामारीका वितरण हुन सकेको थिएन ।
प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालाका अनुसार २०७७ सालको पुरस्कार शर्मा र २०७८ सालको भट्टराईलाई पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशी २१ हजार रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4