+
+

क्यारेवियन प्रिमियर लिगमा सन्दीप जमैकाबाट खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १२:५०

२३ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक साताको अन्तरमा दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा छानिएका छन् ।

आगामी अगष्ट अन्तिमदेखि सुरु हुने क्यारेवियन प्रिमियर लिग सीपीएलका लागि सन्दीपलाई जमैका तल्लावाजले अनुबन्ध गरेको हो । सन्दीपले सन् २०२० को संस्करण पनि तल्लावाजबाटै खेलेका थिए ।

सो प्रतियोगितामा उनले ११ खेलमा १२ विकेट लिएका थिए । जमैकाले पाँच विदेशी खेलाडीको कोटामा सन्दीपलाई ड्राफ्टअघि नै अनुबन्ध गरेको हो ।

सन्दीपसँगै पाकिस्तानका तीव्र बलर मोहम्मद आमीरले पनि जमैकासँग सम्झौता गरेका छन् । उसले  तीन जनालाइ रिटेन गरेकाे छ भने २ जना स्थानीय खेलाडी र ५ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेकाे हो ।

जमैकाले  नेपाली समयअनुसार बिहीबार साँझ पाैने ७ बजे हुने ड्राफ्टमार्फत बाँकी सात जना खेलाडी अनुबन्ध गर्नेछ । सन्दीपले सन् २०१८ को सिजनदेखि क्यारेवियन प्रिमियर लिग खेल्न थालेका हुन् ।

आफ्नो पहिलो सहभागितामा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्ससँग ५ हजार अमेरिकी डलरमा सम्झौता गरेका उनलाई सन् २०१९ मा बार्बाडोज ट्राइडेन्ट्सले ७० हजार डलरमा भित्र्याएको थियो । यसपल्ट उनको क्याटागोरी र मूल्य सार्वजनिक गरिएको छैन ।

यसअघि मंगलबार श्रीलंकाको लंका प्रिमियर लिगमा सन्दीपलाई डाम्बुल्ला जायन्ट्सले ४० हजार डलर खर्चिएको थियो । सन्दीपले भारतको आईपीएल, अस्ट्रेलियाको बिग बास लिगलगायत विश्वभरका प्रायः चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?