+
+

‘साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १७:४०

२३ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सबल बनाउनुपर्ने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा उनले आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सबल बनाउनुपर्नेमा जोड दिए ।

‘गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दीगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्छ,’ उनले भने, ‘किसानलाई उत्पादनसँगै उत्पादित वस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिजुपर्छ ।’

किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैंले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले साना किसानहरुलाई उद्यमसँग जोड्नुपर्ने बताए । नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै उनले यसका लाभग्राही साना किसानहरु नै रहेको बताए ।

लघुवित्तका अध्यक्ष खेमबहादुर पाठकले ग्रामीण क्षेत्रमा साना किसानहरुले भोगिरहेको आर्थिक समस्यालाई निधानगर्ने एक मात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भभएको दाबी गरे ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले नेपालको गरिबी निवारणमा साना किसान लघुवित्तले अग्रणी भूमिका निर्वाह गरेको बताए ।

उनले आर्थिक क्षेत्रमा किसानको पहुँच बढाउँदै आम्दानीको स्रोत बढाउन किसानहरुलाई सहयोग गर्ने एक मात्र संस्था सानाकिसान लघुवित्त वित्तीय संस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?