+
+

१०२ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते १६:५९

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।

१५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?