+
+

सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

रासस रासस
२०७९ असार २५ गते १८:१५

२५ असार, काठमाडौँ । काठमाडौँको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१२ सोल्टीमोडमा प्रदेश ३–०२–००७ प ९१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय बुद्ध गोलेको शनिबार मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?