२६ असार, काठमाडौं । पाकिस्तानले आगामी भदौमा नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप खेल्ने भएको छ ।
पाकिस्तान फुटबल फेडेरसनले पाकिस्तानको महिला टिमले साफमा सहभागिता जनाउने पुष्टि गरेको छ।
साफ च्याम्पियनसिपको छैटौं संस्करण भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुनेछ ।
फिफाको प्रतिबन्धमा रहेका कारण पाकिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न पाएको थिएन ।
तर केही दिनअघि फिफाले पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेपछि महिला टिमले साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने बाटो खुलेको हो ।
पाकिस्तानको सहभागितासँगै साफ महिला च्याम्पियनसिपमा दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता हुने भएको छ ।
पाकिस्तानको महिला टिमले ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएको पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ ।
सन् २०१४ मा आफैंले आयोजना गरेको प्रतियोगिता खेलेयता पाकिस्तानले पछिल्लो दुई साफ महिला च्याम्पियनसिप खेलेको थिएन ।
प्रतिक्रिया 4