
२६ असार, काठमाडौं । प्रिसिजन टुर अन्तर्गत थाइल्याण्ड भ्रमणमा रहेको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) ले आज थाइल्याण्डको शीर्ष क्लब चोनबुरी एफसीसँग खेल्दैछ ।
थाइल्याण्डको शीर्ष डिभिजन थाइ लिग वान को क्लब चोनबुरी र एनआरटीबीचको खेल आइतबार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।
चोनबुरी गत सिनज थाइ लिगमा सातौं भएको थियो । २००७ मा थाइ लिग जितेको चोनबुरीले २००८ मा एएफसी च्याम्पियन्स लिग खेलेको थियो ।
दुवै देशको शीर्ष डिभिजनको क्लबीचको यस खेलले क्लबस्तरिय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता पाउनेछ । यस्ता खेलले नेपाली खेलाडीले एक्सपोजर पाउनेछन् ।
यसअघि एनआरटी थाइल्याण्डको तेस्रो श्रेणीको टिम कासेम बन्दित युनिभर्सिटी एफसीसँग ५-२ ले पराजित भएको थियो ।
प्रि-सिजन अन्तर्गत यसअघि मलेसिया टुर गरेको एनआरटीले पेनाङमा भएको टीवाइटी कप खेलेको थियो । जसमा एनआरटी कारो युनाइटेड र पेनाङ एफसीसँग एनआरटी पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4