
२७ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले चीन सरकारको ‘दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् ।
दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
सोमबार काठमाडौंको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै लिउले बालबालिकाहरु खुशी भएमात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुशी हुन जरुरी रहेको बताए । चीन र नेपालबीचको युगौं युगदेखिको आधार धेरै बलियो रहेको भन्दै उनले दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो रहेको बताए ।
कार्यक्रममा उर्जा जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी स्वच्छ उर्जा व्यापारमा सहकार्य हुने विश्वास व्यक्त गरिने ।
उनले लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलश्रोत र खेलकुदमा सहयोग गरिरहेको स्पष्ट पारिन् ।
मन्त्री भुसालले सरकारी तवरबाट सुनकोशी जलविद्युत आयोजनामा सहयोग गरेपछिका दिनमा अहिल विभिन्न निजी स्तरमा सहयोग कार्य गरिरहेको उल्लेख गरिन् ।
प्रतिक्रिया 4