+
+

सौगात मल्ललाई लिएर फिल्म ‘पोइ पर्‍यो बुढो’ बन्ने, दयाहाङ पनि हुने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १२:०९

काठमाडौं । सौगात मल्ल स्टारर ‘पोइ पर्‍यो काले’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । फिल्मको सिक्वेलको नाम ‘पोइ पर्‍यो बुढो’ राखिएको छ । फिल्मको छायांकन मंसिरदेखि सुरु हुने निर्माता किरण नेपालीले जानकारी दिए ।

दोस्रो श्रृंखलामा आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठ बाहेकका सबै कलाकार दोहोरिने भएका छन् । नेपालीको अर्को फिल्म ‘२ नम्बरी’का अन्य कलाकारसहित दयाहाङ राई पनि देखिने सम्भावना छ ।

यो कमेडी र सोसल ड्रामा फिल्ममा सौगात र पूजा शर्मा दोहोरिने पक्कापक्की छ । निर्माता नेपालीका अनुसार फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्ने सम्भावना छ । फिल्मको पटकथा आगत केसीले लेखिरहेका छन् ।

रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा प्रस्तुति गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेको हुनेछ भने कार्यकारी निर्माताको रुपमा किरण हुनेछन् । चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता भइसकेको छ ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘पोइ पर्‍यो काले’ले घरेलु बक्स अफिसमा ४ करोड ३० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो । गीत र कथावस्तुको कारण फिल्मलाई दर्शकले रुचाएका थिए ।

यसैबीच, फिल्म ‘२ नम्बरी’ कात्तिक ४ गते नै प्रदर्शन हुने किरणले बताए । ‘हामी उक्त डेटबाट टसमस हुँदैनौं,’ अनलाइनखबरसँग उनले भने, ‘बरु भिड्न तयार छौं ।’ तिहारको यो छेकोमा चार नेपाली फिल्मले प्रदर्शन मिति तय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?