+
+

रंगकर्मी इन्द्र चौधरीको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:०७

२८ असार, काठमाडौं । रंगकर्मीको छवि बनाएर पत्रकारिता गरिरहेका इन्द्र चौधरीको अनुसन्धानात्मक किताब सार्वजनिक भएको छ ।

उनले लेखेको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नामक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो ।

नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारू समुदायमा रहेको प्रचलित लोककथा र त्यसको मिथकबारे किताब मुख्य विषयवस्तु समेटिएको छ ।

‘लोकसमुदायद्वारा रचना गरिएका मौखिक र परम्परामा जीवित परम्परित कथाहरू नै लोककथा हुन् । यसमा लोकआस्था, लोकआस्था, लोकविश्वास, लोकसंस्कृति र सामाजिक प्रत्यक्ष प्रभाव रहेको हुन्छ,’ लेखक चौधरी भन्छन्, ‘लोकसमुदायको मनोरञ्जन र शिक्षाको मूल माध्यम पनि लोककथा नै हो ।

एक पुस्ताको ज्ञान, अनुभव र कल्पना शक्तिलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने काम पनि यसैमार्फत हुने गर्छ । त्यसैले मानव सभ्यता वा लोकसमुदायको अस्तित्व जोगाउन लिपिबद्ध गरी संरक्षणको आवश्यक छ ।’

उनले डँगौरा थारू परिवारमा जन्मिए पनि उनको क्षेत्रमा रानाथारू बाहुल्य रहेको आफू त्यसकै प्रभावमा हुर्के बढेको उल्लेख गरेका छन् ।

‘सानैदेखि रानाथारू समुदायको संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज पनि सुक्षम ढंगले नियाल्ने र बुझ्ने मौका पाए तर वर्तमान समयमा आधुनिकताका प्रभावले ती लोकपरम्परा विस्तारै लोप हुँदै गएको देख्दा यसको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो । र, लोककथा संकलन गर्न थालेँ र आज पुस्तकारको रूपमा आएको छ,’ उनले भने ।

किताबमा रानाथारू समुदायमा प्रचलित ‘करमुओ और सपनो,’ ‘सदासुर्का और सदाबिर्छ,’ ‘सोरठ’ लगायत १२ कथा संग्रहित छन् ।

त्यस्तै पुस्तकमा रानाथारू समुदायमा प्रचलित विभिन्न थर–उपथर, चालचलनबारे मिथक तथा किम्बदन्तीहरू पनि समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?