+
+

अनलाइनखबरकर्मी कुशल तिमल्सिना सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १७:१७

२८ असार, काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमीले गुरुपुर्णिमाको अवसरमा अनलाइनखबरकर्मी कुशल तिमल्सिना सहित ९ जनालाई सम्मान गरेको छ ।

ब्याडमिन्टनको विकासका लागि सञ्चार माध्यमबाट उत्कृष्ट पत्रकारिता गरेका उनलाई एकेडेमीले १५ हजार रुपैयाँ नगद सहित सम्मान गरेको हो ।

त्यस्तै, नेपालको प्रतिनिधित्व गर्दै देशलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउन सफल पूर्व प्रशिक्षकहरुलाई पनि एकेडेमीले सम्मान प्रदान गरेको हो ।

सम्मान हुने पूर्व प्रशिक्षकहरुमा प्रणवकुमार तालुकदर, उत्तम सिंखडा, प्रकाश उदय, धर्मलाल श्रेष्ठ, रजनी जोशी, उदयकुमार श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, शान्ति मानन्धरलाई सम्मान प्रदान गरेका हुन् ।

उनीहरु विभिन्न कालखण्डमा प्रशिक्षण तथा सफल खेलाडीका रुपमा चिनिएका थिए । कार्यक्रममा काठमाडौं ब्याडमिन्टन एकेडेमीले प्रेसिडेन्सियल बिजनेस स्कुलसँग सहकार्यको घोषणा गरेको छ ।

बिजनेस स्कुलले ब्याटमिन्टनमा खेलाडी उत्पादनका लागि सहयोग गर्ने ध्येयले काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीएल)लाई १५ लाख रुपैयाँ बराबरको सहकार्यको घोषणा गरेको हो ।

प्रेसिडेन्सियल बिजनेस स्कुलद्वारा ५ लाख नगद तथा १० लाख बराबरको केबीएलका खेलाडीलाई कलेजमा स्नातक तथा स्नात्तोकोतर तह अध्ययनका लागि छात्रवृत्तिको सुविधा दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?