+
+

ब्राजिलियन स्ट्राइकर राफिन्हा बार्सिलोनामा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १८:०६

२९ असार, काठमाडौं । स्पेनिस टोली बार्सिलोनाले ब्राजिली स्ट्राइकर राफिन्हालाई क्लबमा भित्र्याउन इंग्लिस क्लब लिड्स युनाइटेडसँग शैद्धान्तिक सहमति गरेको जनाएको छ ।

२५ वर्षीय यी खेलाडी दुई वर्षदेखि लिड्सका लागि खेलिरहेका छन् भने राष्ट्रिय टोलीबाट ९ खेल खेलेका छन् । उनले सन् २०२७ सम्मका लागि सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ ।

अहिलेसम्म बार्सिलोनाले राफिन्हाका लागि चुकाएको मूल्य सार्वजनिक गरेको छैन । तर, समाचारहरुमा जनाइएअनुसार बार्सिलोनाले करिव ५५ मिलियन युरो खर्च गरेको हुनसक्छ ।

बार्सिलोनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बार्सिलोना र लिड्स युनाइटेडले राफेल डायस राफिन्हाको स्थानान्तरणका लागि शैद्धान्तिक रुपमा एक सहमती गरेका छन् । खेलाडीको मेडिकल परीक्षणको प्रक्रिया पूरा भएपछि सम्झौता हुनेछ ।’

राफिन्हालाई अनुबन्ध गर्न अर्को इंग्लिस क्लब चेल्सी पनि दौडमा थियो ।

बार्सिलोनाले यसअघि मिडफिल्डर फ्र्यांक केस्से र सेन्टर ब्याक आन्द्रेस क्रिष्टेनसेनलाई अनुबन्ध गरिसकेको छ । यी दुवैजना फ्रि एजेन्टमार्फत आएका हुन् ।

बार्सिलोनाले अब रोवर्ट लेवाण्डोस्कीलाई अनुबन्ध गर्ने प्रयास गर्नेछ । जुन यो सिजन उनीहरुको मुख्य लक्ष्य हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?