+
+
Shares

गोरखामा युवकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १०:५७

३० असार, गोरखा । गोरखामा एक जना युवक मृत फेला परेका छन् । सदरमुकामको खोलखोलेदेखि नगरपालिका जाने सडकखण्डमा  युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडक छेउको नालामा बिहीबार बिहान २४ वर्षीय अनिष आलेमगरको शव फेला परेको छ ।  उनी गोरखा नगरपालिका- ८ आलेगाउँ निवासी हुन् । नालामा लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको कानको भागमा चोट देखिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए । ‘हत्याको आशंका पनि छ, त्यसबारे हामीले अनुसन्धान गरिरहेका छौ,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?