+
+

जनकपुरमा १०० बढी सुकुमबासी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते ११:५८

३० असार, जनकपुरधाम । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १०० जना चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहादा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका उनीहरूले बिहीबार जनकपुरधाम बन्दको घोषणा गरेका थिए ।

घोषणा अनुसार बजार बन्द गराउादै हिाडेका १०३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ९४ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

बलजफ्ती बजार बन्द गराउादै हिंडने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियानका संयोजक सुनिलकुमार यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताए ।

उनले वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको भन्दै आफूहरुले पटक-पटक आन्दोलन गर्दै आए पनि सरकारले ध्यान नदिंदा बन्दसम्मको कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए ।

अभियानले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, उद्योग वाणिज्य संघ जनकपुरधाम र राजनीतिक दलका प्रतिनिधिलाई एक साथ ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।

यसपछि मंगलबार लालटेन जुलुस र बुधबार झाडूसहित प्रदर्शन गरिएको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?