+
+
Shares

सुमो काउण्टरमा यात्रुलाई हैरानी दिएको आरोपमा बल्खुबाट १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १९:४५

३१ असार, काठमाडौं। काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुहरुलाई लाग्ने भाडाभन्दा बढी भाडा लिई जबरजस्ती यात्रुहरुलाई तानी बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिएको अभियोगमा १० जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्नेहरु सिन्धुलीका ३० वर्षीय हरि बहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, कैलालीका २१ वर्षीय राजु थापा, पर्सा वीरगंजका ३५ वर्षीय राजिव कुमार सिंह, सिन्धुलीका ३० वर्षीय नितिश जंग राणा रहेका छन् ।

यस्तै सर्लाहीका २९ वर्षीय रविन्द्र चौधरी, काठमाडौं महानगरपालिका-१३ बस्ने भारत बिहारका २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कीर्तिपुर नगरपालिका-२ बस्ने रौतहटका २९ वर्षीय आकाश तामाङ, नागार्जुन नगरपालिका-३ बस्ने ईलामका २९ वर्षीय दोर्जे गुरुङ र काठमाडौं दक्षिणकाली बस्ने ४० वर्षीय राम तामाङलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?