+
+

सुकुमबासीका पीडा : हिउँदमा ढल, बर्खामा बाढी (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १९:३५
काठमाडौंको जडिबुटी बसेको सुकुमबासीको नयाँ बस्ती ।

३२ असार, काठमाडौं । राजधानीको वाग्मती, विष्णुमती, मनाेहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौं टहरा बनाएर घरविहीनहरू बस्दै आएका छन् ।नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन् । वर्षायाममा नदी पस्ने त्रासले रातभर अनिंदो बस्छन् सुकुमबासीहरू । अहिले वर्षायाम छ । नदीमा पानीको बहाव झनै उच्च हुन्छ ।

नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन । वर्षायाम अरु समयभन्दा चिन्ताको विषय बन्छ, सुकुमबासीहरूलाई । हिउँदमा ढलको गन्धले  त्यस्तै हैरान बनाउँछ ।

सुकुमबासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरूले दुःख त पाएका छन् नै सरकारको पनि खिल्ली उड्ने गरेको छ ।

सरकारले ढल, फोहोरलगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ । बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन ।

तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल

बालाजुनजिक विष्णुमती किनारको बस्ती ।

सुकुमबासी बस्ती छेउका सडकहरु हिलाम्मे छन् । वरपर वन, बुट्यान र झाडी रहेकाले सर्पलगायतको त्रास पनि त्यत्तिकै छ ।

स-साना झुपडी र टहराबाट वर्षौंअघि सुरु भएको यहाँको बस्ती आजकल धेरै ठाउँमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ ।

कतिपय ठाउँमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि सुरु भइसकेको छ ।

सरकारले सुकुमबासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम सुरु गरेसँगै धेरै घरविहीनहरू खुसी छन् । तर सरकारले सुकुमबासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिंड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ ।

कहींकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरुका लागि पछिल्लो समय सुकुमबासी बस्ती आशाको सञ्चार भएको छ ।

राजधानीको गैरीगाउँ नजिक रहेको बस्ती र अस्तव्यस्त सडक ।
ललितपुरको गोदवारीस्थित नगरमा रहेको बस्ती । यहाँ २५० भन्दा धेरै सुकुमबासीको घरटहरा रहेको छ ।
भक्तपुरको मनाेहरामा रहेको बस्ती यहाँ झण्डै ११०० घर टहरा रहेका छन् ।
सिनामंगलको वाग्मती किनारमा रहेको बस्ती ।
काठमाडौंको सिनामंगल वाग्मती बस्तीछेउ रहेको बस्ती ।
सिनामंगलको वाग्मती कोरिडोरमा रहेको बस्ती ।
काठमाडौंको टेकुस्थित वाग्मती किनारमा सुकुमबासी बस्तीमा बनाइएको पक्की घर । यहाँ एउटा सटरको रु.१० हजारदेखि १५ हजारसम्म लिएर भाडा लगाइन्छ ।
काठमाडौंको थालाथली बस्ती ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?