+
+

त्रिविमा अनेरास्ववियूको अनशनलाई ७ विद्यार्थी संगठनको साथ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १९:३०

१ साउन, काठमाडौं । आमरण अनशनरत नेकपा एकीकृृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको आन्दोलनप्रति अन्य ७ विद्यार्थी संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।

विभिन्न माग राख्दै त्रिवि उपकुलपति कार्यालय अघि ६ दिनदेखि अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त लगायतका विद्यार्थीहरु आमरण अनशन बसेका छन् ।

विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने, बारम्बार प्रश्नपत्र दोहोरिरहेकोले छानबिन गरी संलग्नलाई कडा कारबाही गर्नुपर्ने लगायतका १३ बुँदे माग राख्दै उनीहरु असार २८ गतेदेखि उपकुलपति कार्यालय अगाडि आमरण अनशन बसिरहेका छन् ।

आइतबार संयुक्त विज्ञप्ति निकाल्दै नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन लगायतका ७ विद्यार्थी संगठनहरुले ऐक्यवद्धता जनाएका हुन् । ‘अनशनप्रति संयुक्त विद्यार्थी आन्दोलनको पूर्ण ऐक्यवद्धता व्यक्त गर्दै अनशनरत विद्यार्थी नेता साथीहरूको जीवन रक्षाको माग गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी संगठनले नेपालकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय लामो समयदेखि विभिन्न राजनीतिक दलहरूको भागबन्डा, शैक्षिक बेथिति र स्वार्थ समूहको कोपभाजनमा परेको उल्लेख गरेका छन् ।

यसलाई विश्वविद्यालय प्रशासनले समस्या समाधान गर्नु भन्दा बेथितिलाई संस्थागत गर्नमै उद्धत रहेको, विश्वविद्यालयको जिम्मेवारी लिएका उपकुलपति लगायतका पदाधिकारी विश्वविद्यालय र विद्यार्थीहरुका समस्या प्रति उदासीन र लाचार हुनुले विश्वविद्यालयको सम्पुर्ण साख र गरिमामाथि नै प्रश्न उठाएकोले अनशनप्रति संयुक्त विद्यार्थी आन्दोलनको पूर्ण ऐक्यवद्धता जनाएको उल्लेख गरेका छन् ।

प्रश्नपत्र दोहरिएको विषयमा छानबिन कमिटी गठन गरी सत्यतथ्य बाहिर ल्याउन र विश्वविद्यालयका साझा मुद्दालाई त्रिवि प्रशासनले सरोकारवाला सबै पक्षसँग छलफल गरी उचित निकास निकाल्न अनुरोध गरेका छन् । अन्यथा संयुक्त विद्यार्थी संगठन कडा आन्दोलनमा जान बाध्य हुने चेतनावनी दिएका छन् । अनशनरत युवा नेताहरुको स्वास्थ्यमा खेलवाड नगर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?