+
+

टाटा विङ्गर बीएस ६ अब नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा विङ्गर बीएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १७:५८

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा विङ्गर बीएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘प्रिमियम टफ’ ढाँचामा तयार पारिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ ।

आकर्षक र आरामदायी गाडी मार्फत् आफ्नो व्यापार/व्यवसायको उन्नति गर्न चाहने ग्राहकका लागि विङ्गर बीएस ६ उपयुक्त हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार २.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बीएस ६ को टर्क अत्यन्त प्रभावकारी छ । त्यसैगरी ई-को स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद् र आरामदायी यात्राको प्रत्याभूति गर्दछ ।

टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोताले टाटाका विविध एवं बलिया कमर्सियल रेञ्जका गाडीहरुलाई नेपाली ग्राहकहरुले लामो समयदेखि उत्साहका साथ रोज्ने गरेको बताए । कम भन्दा कम खर्चमा आफ्नो व्यापार/व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि यो गाडी अत्यन्त उपयोगी रहेको उनको भनाइ छ । उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङ्गरले प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।

त्यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमसेर राणाले नेपालकै एक प्रतिष्ठित ब्राण्डको रुपमा ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गरिरहेका बताए । टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरु विगत केही दशकदेखि नेपाली ग्राहकहरुलाई प्रत्याभूति गरिरहेको उनको भनाइ छ ।

नेपालमा बिक्री भइरहेको विङ्गर बीएस ६ विभिन्न प्रयोजनहरुको लागि अन्त्यन्त उपयुक्त हुनुका साथै कार्य क्षमताको दृष्टिकोणले पनि अब्बल रहेको उनको भनाइ छ । यसले छोटो समयमा नै नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने अपेक्षा कम्पनीको रहेको उनले बताए ।

कम्पनीका अनुसार सुरक्षित यात्राको लागि विङ्गर स्कुलमा एबीसी सहितको प्रभावकारी ब्रेकिङ प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङ्गर स्कुलमा आधुनिक विशेषताहरु रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?