+
+

दाङमा ३ अर्ब २६ करोड विकास बजेट फ्रिज

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १०:२२

३ साउन, दाङ । दाङमा आर्थिक वर्ष ०७८/०७९ मा तीन अर्ब २६ करोड दुई लाख विकास बजेट फ्रिज भएको छ ।

संघीय र प्रदेश सरकारबाट आएको पुँजीगत बजेटमध्ये ३५.७३ प्रतिशत खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

संघीय सरकारबाट एक अर्ब ८६ करोड ११ लाख ७० हजार र प्रदेश सरकारबाट आएको एक अर्ब ३९ करोड ९० लाख ८१ हजार बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए ।

दाङमा आर्थिक वर्ष ०७८/०७९ मा संघीय सरकारबाट पुँजीगत बजेट पाँच अर्ब ३७ करोड ६५ लाख ३१ हजार ५ सय ९ रुपैयाँ बजेट प्राप्त भएको थियो । जसमध्ये तीन अर्ब ५१ करोड ५३ लाख ६० हजार ९ सय ३० रुपैयाँ खर्च भएको छ । जुन ६५.३८ प्रतिशत हो ।

त्यस्तै चालुतर्फ संघीय सरकारबाट जिल्लामा ९ अर्ब ७४ करोड ८५ लाख ७५ हजार ७१ रुपैयाँ आएकोमा ९ अर्ब ५४ करोड ४८ लाख ९१ हजार ५५० रुपैयाँ खर्च भएको छ । जुन ९७.९१ प्रतिशत हो ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त पुँजीगततर्फ तीन अर्ब ७४ करोड ८५ लाख ९९ हजार बजेट आएकोमा दुई अर्ब ३४ करोड ९५ लाख १७ हजार ८५४ रुपैयाँ खर्च भएको छ । जुन ६२.६८ प्रतिशत हो । चालुतर्फ १ अर्ब ९४ करोड ८८ लाख ५३ हजार बजेट आएकोमा एक अर्ब ५२ करोड ३३ लाख २९ हजार ७ सय ५० खर्च भएको छ । जुन ७८.१६ प्रतिशत रहेको सूचना अधिकारी भण्डारीले बताए ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७७/०७८ भन्दा ०७८/०७९ मा एक अर्ब ३० करोड २९ लाख तीन हजार बढी रकम फ्रिज भएको छ । आ.व. ०७७/७८ मा एक अर्ब ९५ करोड ७३ लाख ४७ हजार सातसय ५३ रुपैयाँ फ्रिज भएको थियो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी उदयराज भण्डारीले पुँजीगत बजेट खर्च नहुँदा विकास निर्माणका काममा प्रभाव पर्ने बताए । विकासका काम समयमै सुरु नगर्ने प्रवृतिले बर्सेनि विकास बजेट फ्रिज हुने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?