+
+

‘बर्फी’देखि ‘शमशेरा’सम्म : रणवीरले आफूलाई बलिउडले चाहेजस्तो नायकमा बदल्न सक्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १८:५७

१५ वर्षे अभिनय करिअरमा रणवीर कपुरले बहुमुखी चरित्रमा अभिनय गरेका छन्, तर कहिल्यै पनि बलिउड सुपरस्टारको लागि उत्कृष्ट मानिने परिपक्व तन्नेरीको भूमिकामा चित्रण भएका थिएनन् ।

उनको आगामी फिल्म ‘शमशेरा’मा क्लासिक बलिउड फिल्मका हिट तत्व समावेश छन् । जस्तो, एक सुन्दर तर असभ्य नायक जसले एकैचोटी १० जना गुण्डासँग लड्न सक्छ, दोहोरो भूमिका पाउन सक्छ, एक साधारण प्रेमकथा र एक खलनायक जो आउँदा निर्दयी देखिन्छन् ।

जे होस्, के रणवीरले आफ्नो करिअरमा यो जोखिमपूर्ण कदम चालेर बक्स अफिस हिट फिल्म दिन र सुपरस्टारडम हासिल गर्न सक्लान् त ? यो प्रश्न सान्दर्भिक बनेको छ ।

अमिताभ बच्चनले ‘जञ्जीर’ (१९७३), दिवार (१९७५), डन (१९७८)जस्ता अन्य धेरै फिल्ममा ‘योङ्ग्री योङ म्यान’लाई अमर बनाएपछि हिन्दी फिल्मको चरित्र चित्रणमा धेरै परिवर्तन आएको छ ।

हुन त अनिल कपुर, सञ्जय दत्त, ज्याकी श्राफले पनि आफ्ना फिल्ममा क्रोधी युवाको चरित्र नक्कल गर्दै माचो पात्रलाई स्थापित गरेका छन् । अजय देवगणले आफ्ना तीखा आँखाबाट दर्शकलाई प्रभावित बनाए । तर सन् १९९० पछि चीजमा बदलाव आउन थाल्यो ।

सुपरस्टारहरु आमिर खान, शाहरुख खान र सलमान खानले धेरैखाले फिल्ममा काम त गरे तर उनीहरुको पहिचान रोमान्टिक छविका फिल्मबाटै स्थापित भयो । उनीहरुले समय समयमा अपरम्परागत र समीक्षकले रुचाएका फिल्ममा पनि काम गरे, तर अहिले पनि हिन्दी फिल्मका ‘लार्जर द्यान लाइफ’ नायककै रुपमा चिनिएका छन् ।

रणवीरले स्वीकारेका पनि छन्, म हुर्किएसँगै हिन्दी फिल्मका नायक मेरो जीवनका नायक पनि बनेका छन् । तर अचम्मको कुरा के छ भने मेरो नायकत्वले जस्ता चरित्र छनोट गर्नुपर्ने हो त्यस्तो चरित्रलाई छनोट गर्न चाहिं सकेको छैन ।

आजको युगमा विश्वभरका कन्टेन्ट सामग्री दर्शकको पहुँचमा सजिलै उपलब्ध भएकाले पनि यो प्रतिस्पर्धा झनै कठिन भएको छ । ओटीटी प्लेटफर्मको कारण सबैको लागि चम्किने अवसर त सिर्जना भएको छ, तर बलिउड सुपरस्टारहरुको अवधारणा विस्तारै लोप हुँदै गएको छ ।

फिल्म शमशेरामा रणवीर कपुर

धेरैको विचारमा यी तीन खान बलिउडका अन्तिम सुपरस्टारहरु हुन् र आफैंमा अब्बल भएकाले पनि कसैले उनीहरुको ठाउँ लिन सकेनन् । यसअघि चरित्र अभिनेताको भूमिका निर्वाह गरेका बलिउड कलाकारले यतिबेला प्रशंसाको वर्षा त पाएका छन्, तर फिल्मी परिवारबाट आएकाहरु आलोचनाको सिकार पनि बनिरहेका छन् ।

मूलधारबाट प्रतिनिधित्व गरेपनि रणवीर चाहिं अभिनयमा क्रिटिकल रेस्पोन्सको कारण प्रशंसित छन् । उनले अभिनय गरेका प्रत्येक रोमान्टिक फिल्मबाहेक पनि पाइपलाइनमा रणवीरका धेरै फिल्म अझै छन् । सन् २००७ मा रिलिज भएको ‘साँवरिया’सहित रणवीरले अहिलेसम्मको करिअरमा १८ फिल्ममा अभिनय गरेका छन् । उनले जस्ता पात्रमा रुचि देखाइरहेका छन्, कुनै पनि सुपरस्टारले त्यस्ता पात्रमा जोखिम लिन चाहँदैन ।

सन् २००९ को ‘वेकअप सिद्’ र ‘रकेट सिंह’देखि २०१२ को ‘बर्फी’ र २०१५ को ‘तमासा’सम्म रणवीरले आफूलाई समीक्षात्मक रुपमा रुचाइएका अभिनेताको रुपमा स्थापित गरेका छन् । सन् २०१३ को फिल्म बेशरम र २०५ को रोय र बम्बे भेलभेट असफल भए पनि उनी अभिनेताको पगरी गुमाउने स्थितिमा कहिल्यै आएनन् ।

तर रणवीरले आफू यतिबेला सुपरस्टार बन्न चाहेको स्पष्ट पारेका छन् । रणवीरका लागि ‘शमशेरा’मा धेरै पहेली छन्, उनी दोहोरो भूमिकामा देखिएका छन्, यो उनको पहिलो एक्सन फिल्म हो, नायक–खलनायक संरचनामा पहिलो फिल्म र जीवनभन्दा ठूलो चरित्र ।

‘शमशेरा’ रिलिजको तयारी भइरहँदा रणवीरले निर्देशक करण मलहोत्राको यो फिल्मबाट आफूले करिअरको ग्राफलाई बदल्न चाहेको कुरालाई गोप्य राख्न चाहेनन् । फिल्मको एक प्रवद्र्धन भिडिओमा रणवीरले आफू अमिताभ बच्चन वा शाहरुख खानजस्तो नायक बन्न चाहेको तर दर्शकबाट त्यस्तै जयजयकार पाउन नसकेको बताएका थिए ।

उनले स्वीकारेका पनि छन्, म हुर्किएसँगै हिन्दी फिल्मका नायक मेरो जीवनका नायक पनि बनेका छन् । तर अचम्मको कुरा के छ भने मेरो नायकत्वले जस्ता चरित्र छनोट गर्नुपर्ने हो त्यस्तो चरित्रलाई छनोट गर्न चाहिं सकेको छैन । मैले आफ्नो अभिनयलाई सन्तुष्ट तुल्याएको हुनसक्छु । तर मैले जब १२ वर्षको हिन्दी फिल्मको मेरो करिअरलाई फर्केर हेर्छु मलाई सपना अझै अधुरो छ जस्तो लाग्छ ।

रणवीरका बुबा स्वर्गीय अभिनेता ऋषि कपुर पनि आफ्नो छोरालाई हिन्दी फिल्मको नायकको भूमिकामा खेलेको हेर्न चाहन्थे र उनले यो कुरालाई आफ्नो संस्मरण खुल्लम खुल्लामा भनेका थिए कि उनले कस्तो भूमिका खेल्छन् भन्ने कुरा बुझ्दैनन् । बल्ल अहिले आएर बुवाले भनेको कुरालाई आफूले महसुस गरेको र उनले गरेका भूमिकालाई उनलाई राष्ट्रिय नायक बनाउँदैन भन्ने कुरा बुझेको बताएका छन् ।

रणवीरले ऋषिको सल्लाहलाई मानेर व्यावसायिक फिल्म गर्ने योजना बनाएको र हिन्दी फिल्मको उत्कृष्ट नायक बन्ने आशा राखेको स्पष्ट पारेका छन् । यो रणवीरको अर्को फिल्मका खलनायक सञ्जय दत्तको सल्लाह पनि थियो, जसले रणवीरको स्क्रिप्ट छनोटप्रति बारम्बार असन्तुष्टि व्यक्त गरे ।

यद्यपि, नायक बन्न त्यति सजिलो छैन । विशेषगरी आजको समयमा जहाँ कन्टेन्ट नै राजा हो । दर्शकले कस्तो रुचाउँछन् भन्ने कुरा थाहा पाउन कसैलाई पनि सजिलो छैन । बलिउड अभिनेताहरू आफ्ना प्रशंसकलाई नयाँ कथावस्तु प्रदान गर्न अघि सरेका छन्, तर दक्षिण भारतीय सिनेमाले आफ्नो विशिष्ट नायकत्व र बृहत मनोरञ्जनमार्फत अन्तर्राष्ट्रिय छवि निर्माण मात्र गरेको छैन, बक्स अफिसमा सफलता पनि हासिल गरिरहेको छ । चार वर्षभन्दा बढी समयदेखि पर्दाबाट टाढा रहेका रणवीरले आफ्नो फिल्मोग्राफीको दिशा एकै पटक परिवर्तन गरेर ठूलो गल्ती गरिरहेका हुन सक्छन् ।

चाखलाग्दो कुरा के छ भने रणवीर जोखिमबारे सचेत छन् र अझै पनि हिरो बन्ने आफ्नो सपना पूरा गर्न यो कदम चाल्न चाहन्छन् । पिंकभिल्लासँगको भर्खरैको अन्तर्वार्तामा उनले भनेका छन्, ‘एक उत्कृष्ट हिन्दी फिल्मको नायक बन्न सबैभन्दा गाह्रो विधा हो । राम्रो फिल्मको हिस्सा बन्न सजिलो छ, ती एउटै विधाका फिल्महरू हुन् । तर एक उत्कृष्ट हिन्दी फिल्मको हिस्सा हुन बहुविधाको फिल्म धेरै गाह्रो छ । त्यसैले धेरै मेहनत र भाग्यको थुप्रो चाहिन्छ । १० वर्ष पहिले यस्तो प्रकृतिको फिल्म गर्ने विश्वास वा आत्मविश्वास थिएन ।’

रणवीरले आफ्नो प्रतिभा प्रमाणित गरिसकेका छन्, तर यो समयमा नायक बन्नका लागि कडा परिश्रम बाहेक उनलाई भाग्य र चमत्कार चाहिन्छ । शमशेराको दुई महिनाभन्दा कम समयपछि जुलाई २२ मा यी अभिनेताले आफ्नो बहुप्रतीक्षित फिल्म ब्रह्मास्त्र (आफ्नी पत्नी आलिया भट्टसँगको पहिलो फिल्म) रिलिज गर्दैछन् । सन् २०२२ रणवीरको करिअरको महत्वपूर्ण वर्ष हो र उनले यी दुई ठूला फिल्मबाट दर्शकलाई मनोरञ्जन दिलाउन सक्छन् ।

हिन्दूस्तान टाइम्सबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?