+
+

गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते २२:१७

३ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो ।

आइतबारदेखि सामान्य रुघा लागेकाे थियो भने सोमबार बिहानबाट हल्का ज्वरो आएपछि चिकित्सकको परामर्शमा स्वाब दिएका थिए । उनी हाल पोखरास्थित सरकारी निवासमै छन् । भोलि बुधबार थप स्वास्थ्य परीक्षण गर्ने तयारी छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले गण्डकीमा ९२ जना होम आइसोलेसनमा छन्, जसमध्ये कास्कीका ७१ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?