+
+

यू-१७ राष्ट्रिय फुटबल टिमका लागि पनि खुला छनोट गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १२:५०

४ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खुला छनोट प्रणालीबाट यू -१७ राष्ट्रिय फुटबल टिम बनाउने भएको छ ।

एन्फाले आसन्न साफ यू-१७ च्याम्पियनसिप र अर्को वर्ष हुने एएफसी यू-१७ एसियन कप छनोटलाई मध्यनजर गर्दै खुला छनोट गर्न लागेको हो ।

एन्फाका अनुसार यही साउन ९ गतेदेखि छनोट प्रक्रिया सुरु हुनेछ । सन् २००६ जनवरी १ (२०६२ पुष १७ गते) यता जन्मेका खेलाडी मात्र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छनोटमासहभागि हुन पाउनेछन् ।

इच्छुक खेलाडीहरुले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ । साउन ९ गतेसम्म मात्र नाम दर्ता गराउन पाइने छ ।

खेलाडीले प्रशिक्षणमा सहभागी हुँदा जन्म दर्ताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचय पत्र ल्याउनुपर्ने एन्फाले जनाएको छ ।

साफ यू-१७ च्याम्पियनसिप आगामी सेप्टेम्बर ५ देखि श्रीलंकामा हुनेछ । यस्तै एएफसी यू-१७ एसियन कप छनोट आगामी अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ ।

एन्फाले यसअघि यू-२० राष्ट्रिय टिम पनि खुला छनोटमार्फत नै बनाएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?