
५ साउन, काठमाडौं । अफ्रिकाको उत्कृष्ट फुटबलरको मनोनयनमा मोहमद सलाह, साडियो माने र एडुअर्डो मेन्डी परेका छन् ।
अफ्रिका फुटबल महासंघ (काफ) ले २०२२ को अफ्रिकन फुटबललर अफ दि इअरको अवार्डका लागि तीन जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।
सलाह र माने लिभरपुलमा योर्गन क्लोपको मुख्य खेलाडीको रुपमा रहेकोले उपाधिको दाबेदारको रुपमा छन् ।
दुवैले कारावाओ कप र एफएफ कप जितेका थिए भने लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो । यस्तै प्रिमियर लिगमा पनि उनीहरु उपविजेता बनेका थिए ।
यस्तै मानेले आफ्नो राष्ट्र सेनेगललाई अफ्रिकन कपको उपाधि जिताएका थिए । गोलकिपर मेन्डीले पनि सेनेगेलबाट अफ्रिकन कप जितेका छन् । पेनाल्टी सुटआउट उनै मेन्डी निर्णायक बनेका थिए ।
चेल्सीमा थोमस टुचेलको पहिलो रोजाइको गोलरक्षक रहे पनि मेन्डीले क्लब लेभलमा भने सालाह र मानेको जस्तो उपाधि उचालेका छैनन् । मेल्डी खेल्ने क्लब चेल्सी कारावाओ कप र एफए कप दुवैमा लिभरपुलसँग फाइनलमा पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4