+
+

श्रीलंकाका सुरक्षा फौजले हटाउन थाले प्रदर्शनकारीका शिविर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १०:०३

६ साउन, काठमाडौं । श्रीलंकाका सुरक्षाकर्मीले प्रदर्शनकारीका शिविरहरु हटाउन थालेका छन् । राजधानी कोलम्बोमा पाल टाँगेर बसेका प्रदर्शनकारीका शिविरमा छापा मार्दै उनीहरुलाई सेनाले हटाउन थालेको बीबीसीले जनाएको छ ।

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएलगत्तै सुरक्षाकर्मी आक्रामक रुपमा प्रस्तुत हुन थालेको समाचार एजेन्सीले उल्लेख गरेका छन् । यसक्रममा बीबीसीका पत्रकारमाथि कुटपिट र दुर्व्यवहारसमेत गरेको छ ।

प्रदर्शनकारीका पाल हटाउन लागेको सूचना पाएलगत्तै कोलम्बोस्थित राष्ट्रपति कार्यालय अगाडि पुगेका बीबीसीका पत्रकारको मोबाइल खोस्दै सुरक्षाकर्मीले मुक्का हानेको र मोबाइलमा रेकर्ड गरेको भिडियो हटाइदिएको बीबीसीले जनाएको छ ।

मुख छोपेर र दंगा नियन्त्रणका लागि खटिने बेला शरीर जोगाउन प्रयोग गरिने पोशाक लगाएर आएका सुुरक्षाकर्मीहरुले प्रदर्शनकारीका शिविरहरु भत्काइदिएका छन् ।

देश आर्थिक संकट चुलिएपछि श्रीलंकामा हिंसात्मक प्रदर्शनहरु भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति भवन नै कब्जा गरेपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेका थिए । त्यसपछि नयाँ राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री रनिल विक्रमसिंघे संसदबाट निर्वाचित भएका छन् । उनले शपथ ग्रहण पनि गरिसकेका छन् । उनले सरकारी भवन कब्जा गर्ने र हिंसात्मक प्रदर्शन गर्नेहरुलाई कारबाही गर्ने अभिव्यक्ति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?