+
+

पोखरामा साउन १२ देखि ‘राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते ११:४४

काठमाडौं । पर्यटकीय नगरी पोखरामा ‘राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता’ हुने भएको छ । लोकगीत सर्जक स्वर्गीय कल्याण शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा साउन १२ गतेदेखि तीन दिनसम्म पोखरा सभागृहमा प्रतियोगिता हुन लागेको हो ।

काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा मोफसलको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता गर्न लागिएको जानकारी गराइएको छ । प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ ‘ह्योल्मो’ले स्वर्गीय शेरचनको प्रतिमा स्थापना गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको जनाए ।

‘प्रतियोगिता सम्पन्न हुनासाथ प्रतिमा निर्माण सुरु गर्छौं । पोखरामा लोकबाजाको संग्रहालय निर्माण गर्ने उद्देश्य पनि छ,’ गुरुङले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, प्रतिष्ठान मातहतका प्रदेश र जिल्ला शाखा, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराको सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा पहिलो हुने समूहले ६ लाख रुपैयाँ नगद पाउनेछ । दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः ४ लाख, २ लाख र १ लाख रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गायक–गायिकालाई ५०÷५० हजार रुपैयाँ र अनुशासित समूहलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा ४० देखि ५० समूहले भाग लिने अनुमान छ ।

२००३ सालमा पोखराको रानीपौवामा जन्मिएका शेरचनले मौलिक भाकालाई संकलन गरेर कालजयी बनाउन योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?