+
+

कृष्णनगरबाट ८१ राँगा र ७० खसी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १३:५२

६ साउन, काठमाडौं । कपिलवस्तुको कृष्णनगर वडा नं. १ र ६ का विभिन्न क्षेत्रबाट भन्सार कार्यालयले चोरी तस्करी गरी ल्याइँदै गरेका ८१ राँगा पाडा र ७० वटा खसीलाई नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि भारतबाट नेपालतर्फ चोरी तस्करी हुने गरेको सूचनाको आधारमा शुक्रबार बिहान करिब २ बजे राँगा पाडा र खसीलाई नियन्त्रणमा लिइएको भन्सारका सूचना अधिकारी गजेन्द्र गौतमले बताए ।

उनका अनुसार राति अवैध तस्करी हुने गरेको सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरेर गस्ती गरिएको थियो ।

त्यसक्रममा अवैधरुपमा चोरी तस्करी गर्न लगिएका राँगा पाडा र खसीबोकालाई नियन्त्रणमा लिइएको गौतमले बताए । मालिक भने फरार छन् । थप अनुसन्धान भइरहेको गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?