+
+

सामूहिक बलात्कारको आरोपमा व्यवसायी पाण्डे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १४:१४

६ साउन, काठमाडौं । एक सामूहिक बलात्कारको घटनामा संलग्नको आरोपमा नुवाकोटका व्यवसायी मधुसुदन पाण्डे  पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले अनलाइनखबरलाई बताए । पाण्डेको मनमैजुमा लोटस क्लब सञ्चालित छ ।

उनका अनुसार पीडितले काठमाडौंमा जाहेरी दिएपनि घटनास्थल पोखरा भएकाले घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय कास्कीले गरिरहेको छ । ‘यसमा पक्राउ गरेर अनुसन्धान थालिएको पनि २० दिन जति भइसक्यो’  प्रहरी निरीक्षक पाण्डेले भने ।

प्रहरीका अनुसार २२ असारमा पोखराको लेकसाइडस्थित एक होटलमा पाण्डे र राजु राउत नामका व्यक्तिले एक युवतीलाई बलात्कार गरेको अभियोग छ । इञ्जिनियर समेत रहेका राउत फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा मतियारका रुपमा अन्य पनि संलग्न भएका छन् । प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत चिनजान भएकी युवतीलाई राउतले काठमाडौंमा भेट्न बोलाएका थिए । त्यसक्रममा घुम्न भन्दै पोखरा गएका बेला आफूमाथि बलात्कार भएको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?