
६ साउन, बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकामा करारका कर्मचारी हटाउन खोजेको विरोधमा प्रदर्शन भएको छ ।
गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले यसअघिका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारी हटाएर नयाँ कर्मचारी नियुक्त गर्न खोजेको भन्दै करारका कर्मचारी, स्थानीय तथा पूर्व जनप्रतिनिधिहरूले गाउँपालिका कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।
५ वर्षदेखि काम गर्दै आएका २८ जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशवनन्द बानियाले बताए ।
प्रदर्शनकारीले कार्यालय अगाडि टायर बालेर नाराबाजी गरेका छन् । पालिका अध्यक्ष बरई हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट निर्वाचित हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4