+
+

१० लाख पारिश्रमिकमा नीतिले साइन् गरिन् ‘एक्स नाइन’, अनमोलसँग जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १७:४५

काठमाडौं । मोडल नीति शाह फिल्म ‘एक्स नाइन’मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता तथा निर्देशक मुकुन्द भट्टसँग उनको यसबारे लिखित सहमति भएको छ ।

१० लाख रुपैयाँ पारिश्रमिक (करबाहेक)मा उनले फिल्ममा साइन गरेको जनाइएको छ । यो एक्सन फिल्मको मुख्य पुरुष पात्रमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् ।

अनमोल स्टारर फिल्म ‘छड्के २’को छायांकन सकिएपछि यो फिल्मको छायांकन सुरु हुने जनाइएको छ । भिसा प्रक्रिया सकिएपछि मात्र फिल्मको छायांकनबारे टुंगो लाग्नेछ ।

निर्माताले यो एक्सन फिल्मलाई क्यानडामा छायांकन गर्ने तयारी गरिरहेका छन् । मुख्य कलाकार तय भइसके पनि कहिलेदेखि छायांकन सुरु हुन्छ टुंगो भने छैन । नीतिले यसअघि अर्को एक कर्पोरेट फिल्म पनि साइन गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?