+
+

नेइमार भन्छन् : पीएसजीमै बस्न चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १४:०४

८ साउन, काठमाडौं । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेइमारले क्लब छाड्ने आफ्नो कुनै मनसाय नरहेको स्पष्ट पारेका छन् ।

‘म पीएजसीमा बस्न चाहन्छु । मलाई क्लबको बारेमा केही थाहा छैन किनकि क्लबले मलाई कहिल्यै केही भनेको छैन’ प्रि सिजन खेलमा उराव डायमण्ड्सलाई ३-० ले हराएपछि नेइमारले भने, ‘क्लबसँग मेरो अझ केही वर्ष सम्झौता बाँकी छ । अहिले तत्काल उनीहरुले केही भनेका छैनन् ।’

पछिल्लो समय पीएसजी नेइमारका लागि अनुबन्ध गर्ने क्लब खोजिरहेको चर्चा थियो । नेइमारले पीएसजी छाड्ने चर्चा चलेपछि प्रिमियर लिग क्लबहरु म्यानचेष्टर सिटी र चेल्सीले चासो देखाएका थिए ।

नयाँ प्रशिक्षक क्रिस्टो गाल्टिएरको आगमनपछि नेइमारको भविष्य अनिश्चित बनेको थियो । गत सिजन नेइमारले चोटका कारण लिग वानमा २२ खेल मात्र खेले ।

गाल्टिएरले नै नेइमारबाट आफू सन्तुष्ट रहेको बताएका छन् । उनले भने, ‘नेइमारले राम्रो गरिरहेका छन्, उनी खुसी छन् र फिट पनि ।’

च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल मड्रिडसँग पराजित हुँदै बाहिरिएपछि नेइमारलाई समर्थकले गिज्याएका थिए । यद्यपि नेइमारले अर्को सिजन क्लबमा आफूले प्रमाणित गर्नुपर्ने केही नरहेको प्रतिक्रिया दिएका थिए ।

‘उनीहरुले मलाई चिनेका छन् । उनीहरुलाई थाहा छ म कस्तो छु र कसरी खेल्छु भनेर । मैले देखाउनुपर्ने केही छैन । म फुटबल खेल्न मन पराउँछु । म खुसी छु’, नेइमारले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?