+
+

रहेन संसारकै बुढो पाण्डा, ३५ वर्षमा लियो इच्छा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १७:३५

काठमाडौं । विश्वकै सबैभन्दा पाको उमेरको तथा ठूलो शरीर भएको पाण्डाले मृत्युवरण गरेको छ ।

हङकङस्थित ओसन पार्कमा रहेको एन एन नामक उक्त पाण्डालाई ३५ वर्षको उमेरमा बिहीबार इच्छामृत्यु प्रदान गरिएको हो । उसको उमेर पाण्डाको औसत आयुभन्दा झण्डै दोब्बर बढी हो । पाण्ड औसतमा २० वर्षा बाँच्छन् ।

पछिल्लो लामो समयदेखि एन एनले ठोस खानेकुरा खान बन्द गरेको थियो र केवल पानी र आवश्यक लवणयुक्त तरल पदार्थमात्रै खुवाइएको थियो ।

त्यो पाण्डाको हेरचाह गरिरहेका पार्कका कर्मचारीका अनुसार आफ्नो मृत्यु हुनु अगाडि पाण्डा निकै निष्कृय थियो । उसको पीडा कम गर्नका लागि उसलाई चिकित्सा सेवा पनि दिइएको थियो ।

एन एनको अवस्था २१ जुलाईको दिन निकै खराब बनेको र दुखद मृत्यु भएको ओसन पार्कले जनाएको छ ।

चीन संरक्षण तथा अनुसन्धान केन्द्रको परामर्शपछि ओसन पार्क तथा कृषि, मत्स्यपालन तथा संरक्षण विभागका पशु चिकित्सकहरुले उक्त विशालकाय पाण्डालाई इच्छामृत्यु दिने कठीन निर्णय गरेका थिए ।

ओसन पार्क संस्थानका अध्यक्ष पाउलो पोंगले एनएन पार्क परिवारको एक अहम सदस्य रहेको र पार्कसँगै हुर्के बढेको बताएका छन् । उसले स्थानीय मानिस तथा पर्यटकहरुसँग मित्रता समेत कायम गरेको थियो । एन एनले छाडेका स्मरणीय पलहरुलाई बिर्सिन नसकिने उनले बताएका छन् ।

पाण्डा मरेपछि दिउसो पार्कमा रहेको पाण्डाको बासस्थानमै शोकसभाको आयोजना गरिएको थियो । त्यहाँ कर्मचारीहरुले पाण्डाको एक तस्वीरमा सेतो फूल राखेर श्रद्धान्जली अर्पण गरे ।

त्यो पाण्डाको सन् १९८६ मा दक्षिण पश्चिमी सिचआन प्रान्तमा जन्म भएको थियो । सन् १९९९ मा बेइजिङले उपहारको रुपमा एन एन र एक अर्को पोथी पाण्डा जिया जियालाई एकसाथ हङकङ पठाएको थियो । जिया भने सन् २०१६ मा ३८ वर्षको उमेरमा मरेको थियो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?