+
+

मस्कसँगको सम्झौतामा ट्वीटरले खर्च गर्‍यो सबा ४ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १८:३२

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटर कम्पनी खरिद गर्ने समझदारी एकतर्फी रुपमा भंग गरिसकेका छन् ।

तर मस्कसँगको उक्त सम्झौताका क्रममा ३ महिनाको अवधिमा आफूले ३ करोड ३० लाख डलर अर्थात् झण्डै ४ करोड २० लाख रुपैयाँ बराबरको रकम खर्च गरेको ट्वीटरले जनाएको छ ।

उक्त खर्च गत अप्रिलदेखि जुन महिनाबीचको अवधिमा भएको ट्वीटरले उल्लेख गरेको छ । तर खरिद बिक्रीको प्रक्रियाका विषयमा अदालतमा मुद्दा रहेकोले यस विषयमा ट्वीटरले विस्तृत विवरण खुलाएको छैन ।

त्यस अवधिमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या बढेर २३ करोड ७० लाख पुगेका भए पनि कम्पनीले २७ करोड डलर खुद घाटा व्यहोरेको र उक्त घाटा अपेक्षा भन्दा बढि रहेको ट्वीटरले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक रिपोर्टमा उल्लेख छ ।

एलन मस्कले ट्वीटर खरिदको सम्झौता भंग गर्ने निर्णय गरेको विरुद्धमा ट्वीटर कम्पनी अदालत पुगेको छ र यस मुद्दाको पेशी अक्टोबरमा छ । सम्झौता भंग गर्ने निर्णय कार्यान्वयन भएमा मस्कले १ अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने ट्वीटरको दाबी छ ।

ट्वीटरमा फेक तथा स्पाम अकाउन्टको संख्याका विषयमा कम्पनीले एकिन तथ्यांक दिन नसकेको र त्यस्ता अकाउन्टको संख्या २० प्रतिशत भन्दा धेरै हुनसक्ने भन्दै मस्कले खरिद सम्झौता भंगको घोषणा गरेका थिए ।

तर ट्वीटरले भने यस्ता फेक तथा स्पाम अकाउन्टको संख्या कूल मासिक सक्रिय प्रयोगकर्ताको ५ प्रतिशत भन्दा कम रहेको पुनः प्रष्ट पारेको छ ।

सन् २०२२ को दोश्रो त्रैमासिकमा ट्वीटर अकाउन्टहरुको नमुना परीक्षण विधिबाट अध्ययन गर्दा यस्ता अकाउन्टको संख्या ५ प्रतिशत भन्दा कम रहेको पाइएको ट्वीटरको रिपोर्टमा उल्लेख छ ।

सन् २०२१ म ट्वीटरको आम्दानी ५ अर्ब डलर थियो । तर पछिल्ला १२ महिनामा यसको शेयर मूल्यमा ४५ प्रतिशतले गिरावट आएको छ ।

विश्लेषक माइक प्रोलक्सका अनुसार जीवन मरणको दोसाधमा रहेको बताएका छन् । उनी भन्छन्, ‘ट्वीटरसँग अहिले यस्ता खरिदकर्ता छन् जसलाई यो कम्पनी नै मन पर्दैन । ट्वीटरका सीईओ र बोर्ड यस्तो छ जसले आफ्नो जिम्मेवारीबाट उम्किन चाहिरहेको छ र कर्मचारीहरु यी दुईबीचमा पिल्सिएका छन् ।’ यो सबै नाटकको वास्तविक पीडित ट्वीटर आफै‌ रहेको उनको ठम्याइ छ ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?