+
+

भीम रावल भन्छन् : कानको उपचार राम्ररी गर्नुपर्ने देखियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १८:४८

८ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी दिन सरकारले आनाकानी गरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको बताए ।

‘एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनको लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो’, उनले भने, ‘सरकारले कहिलेदेखि श्रवणशक्ति गुमायो भन्ने प्रश्न उठ्छ कि उठ्दैन ?’

अन्तर्राष्ट्रिय सम्बन्ध समिति र सभामुखको निर्देशन नसुनेको भन्दै उनले कानको उपचार राम्ररी गर्नुपर्ने अवस्था आएको बताए । पूर्व रक्षामन्त्री समेत रहेका एमाले सांसद रावल भन्छन्, ‘नेपाली जनताले चुनावमा गर्छन् कि हेरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?