+
+

कञ्चनपुरको सीमा समस्या समाधान गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १९:३४

८ साउन, काठमाडौं । कञ्चनपुरबाट आएको नेपाली कांग्रेसको एक प्रतिनिधिमण्डलले नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न परराष्ट्र मन्त्री डा. नारायण खडकासँग आग्रह गरेको छ ।

कञ्चनपुरका सीमा क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको टोली आइतबार परराष्ट्रमन्त्री खड्काला भेट्न पुगेको थियो ।

उनीहरुले कन्चनपुर जिल्लाको सीमा क्षेत्रमा नेपालीहरुले आफ्नो नाममा रहेको जग्गा उपभोग गर्न नपाएको, आफ्नै भूगोलमा सडक लगायत भौतिक संरचना निर्माणमा भारतीय पक्षबाट रोक लगाएको भन्दै परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

परराष्ट्र मन्त्री खडकाले क्ञ्चनपुर र अन्य ठाउँमा पनि सीमा समस्या समाधानका लागि सरकारले कुटनीतिक माध्यमबाट पहल गरिरहेको र छिट्टै समस्या समाधान हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?