+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हब कोअपरेटिभको पाँचौं शाखा भरतपुरमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १२:५०

९ साउन, चितवन । हब कोअपरेटिभ सर्भिस लिमिटेडको शाखा चितवनको भरतपुरमा आजदेखि सन्चालनमा आएको छ । एयरपोर्ट लाइनमा खोलिएको शाखाको भरतपुर महानगरपालिका वडा नं.१० का अध्यक्ष परमेश्वर खनालले उदघाटन गरे ।

सहकारीको मूल्य, मान्यता, नीति, विधि र प्रविधिको उच्चतम प्रयोग सहित, अन्तर सहकारी संस्था र शेयर सदस्य बीचको कारोबारलाई सहज, सरल र विश्वसनीय र प्रविधिमैत्री ढंगबाट सम्पादन गर्ने उद्देश्यले भरतपुरमा पाँचौं शाखा खोलिएको हब कोअपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष दक्ष पौडेलले जानकारी दिए ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रवाह, अन्तर सहकारी रकमान्तर, बिल भुक्तानी र अन्य नियमित सेवा सहित सहकारी–सहकारी बीच आपसी लाभ र हितको पक्षमा आपसी समन्वय गरी काम गर्ने उद्देश्यका साथ हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं शाखा भरतपुरमा आजदेखि शुभारम्भ गरिएको छ,’ उनले भने ।

शाखा शुभारम्भ कार्यक्रम शाखाका संयोजक भानुभक्त कंडेल, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष हरिश्चन्द्र सुवेदी, नेफ्सकुनका पूर्व सन्चालक भरत दवाड़ी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दिनेश चुके, जिल्ला बचत संघका सन्चालक, किशोर गुरुङ, चनौली शीतभण्डार सहकारी संस्थाका अध्यक्ष सूर्यमणी पौडेलसहित बिभिन्न सहकारीका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?