+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
जनार्दन शर्मामाथि छानबिन :

प्रहरीको सिलबन्दी फरेन्सिक रिपोर्ट समितिमा पुग्यो, मंगलबार खोलिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १९:०८

९ साउन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई बुझाएको छ ।

बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज मगाएर अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा जेठ १४ गते रातिको सीसीटीभी फुटेज नभेटिएपछि जानकारी माग्दा मन्त्रालयले सिस्टम अनुसार रहेको सीसीटीभी फुटेज पठाएको जवाफ दिएपछि छानबिन समितिले जेठ १४ गतेको फुटेज डिलिट भएको भनी रिकभर गर्न सिस्टम नै नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुुसार प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट बुझाएको छ । तर, रिपोर्टमा के छ भनेर हेर्न मंगलबार बिहान साढे ८ बजेसम्म कुनुपर्ने उनले बताए ।

‘प्रहरीको सिलबन्दी फरेन्सिक रिपोर्ट आइपुगेको छ । मंगलबार बिहान बस्ने बैठकमा समिति सदस्यहरुले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ’ सचिव अर्यालले भने ।

सिलबन्दी रिर्पोटमा लिखित मात्रै छ कि सीसीटीभी फुटेज पनि छ भन्नेबारे केही खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?