+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणमा माओवादीले उठायो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १५:०२

१० साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे प्रश्न उठाएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले ‘एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’मा भाग लिन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलिया भ्रमण गर्ने तय भएको छ ।

तर माओवादी केन्द्रका सांसदहरुले भने यो सम्मेलन अमेरिकाको इण्डोप्यासिफक रणनीति (आईपीएस)सँग जोडिएको भन्दै प्रधानसेनापतिको भ्रमणमाथि प्रश्न उठाएका हुन् ।

मंगलबार संसदको शून्य समयमा बोल्दै माओवादीकी सांसद अमृता थापाले आईपीएस सम्मेलनमा भाग लिए परराष्ट्र नीति विपरीत हुने बताइन् ।

यस्तै अर्का सांसद अन्जना विशंखेले संसदबाट एमसीसी पास गर्दा नै नेपाल आईपीएसको अंग हुने छैन भनेर घोषणा गरिएको स्मरण गर्दै सरकारलाई प्रश्न गरेकी छन्, ‘यो निर्णयलाई लत्याएर सरकारले प्रधानसेनापतिलाई आईपीएसको सम्मेलनमा कुन हैसिततले पठायो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?