+
+

‘सिद्धबाबा’लाई अपशब्द प्रयोग गरेको भन्दै रोशनी शाही नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १६:२१
पशुपति क्षेत्रमा सञ्चालन भइरहेको अतिरुद्र महायज्ञस्थल ।

१० साउन, काठमाडौं । अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेको भन्दै एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गिरीले पशुपतिनाथ मन्दिरको परिसरमा ‘अतिरुद्र महायज्ञ’ सञ्चालन गरिरहेका छन् । जिल्ला अदालत, सुनसरीमा उनीविरुद्धको बलात्कार मुद्दा विचाराधीन छ ।

मंगलबार महायज्ञ चलिरहेको ठाउँमा रोशनी शाहीले गिरीलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको प्रहरीको भनाइ छ । त्यसैले असहज परिस्थिति सिर्जना नहोस् भनेर उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार शाहीले गिरीलाई ‘बलात्कारी’ भनेकी थिइन् । लगत्तै नजिकै रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी वृत्त, गौशालाका डीएसपी केशव भट्टराईले उनलाई श्रीमानको जिम्मा लगाएर छाडिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘होहल्ला भएपछि सोधपुछका लागि ल्याइएको थियो, छाडिसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?