+
+

एसिया कप क्रिकेट श्रीलंकाको सट्टा यूएईमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १३:०७

१२ साउन, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले अगष्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा हुने तय भएको एसिया कप यूएईमा सार्ने निर्णय गरेको छ ।

श्रीलंकामा भइरहेको आर्थिक संकट र प्रदर्शनलाई मध्यनजर गर्दै एसिया कप सारिएको हो ।

प्रतियोगितास्थल सार्दा श्रीलंकाली क्रिकेट समर्थकमा आघात पुग्ने भए पनि अहिलेको परिस्थिती हेरेर तथा श्रीलंका क्रिकेट काउन्सिलसँग सल्लाह गरेर नै यो निर्णय लिइएको एसीसीका अध्यक्ष जय साहले बताएका हुन् ।

एसीसीका अध्यक्ष साहले भने, ‘खेलस्थल सार्ने निर्णय निकै कठिन कार्य थियो । श्रीलंकामा हुने भनिएको प्रतियोगिता सारेर युएई तय गर्नु श्रीलंकाको अहिलेको अर्थिक अवस्थालाई लिएर लिइएको निर्णय हो । हामीले हरसम्भव प्रयास गरेका हौं । भेन्यु मात्रै सारिएको हो, होस्टिङ अधिकार अन्य सबै श्रीलंकामा नै निहित रहन्छ ।’

खेल यूएईमा हुने भए पनि आयोजक भने श्रीलंका क्रिकेट बोर्डसँग नै रहने छ ।

श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष साम्मी सिल्भाले चाहेर पनि श्रीलंकाली भूमिमा प्रतियोगिता गर्न नसकेको बताएका छन् । ‘हामी एसियाका राष्ट्रलाई स्वागत गर्न चाहन्थ्यौं तर हाम्रो अहिलेको अवस्था र प्रतियोगितामा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै हामीले एसीसीको निर्णयमा साथ दिएका हौं ।’

युएई क्रिकेट बोर्डका उपाध्यक्ष खलिद अल जरोनीले खेलस्थल उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरेको बताएका छन् । ‘हामीसँग प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार छ । हामी एसीसीलाई सहयोग गर्न पाउँदा खुसी छौं ।’

एशिया कप क्रिकेटमा यूएईसहित, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?