+
+

विदेशी मदिरा आयात प्रतिबन्धको निर्णय पुनर्विचार गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १२:३०

१२ साउन, काठमाडौं । विदेशी ब्रान्डेड मदिराहरुको आयातकर्ता व्यवसायीहरुले आयातित मदिराको प्रतिबन्धको निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल मदिरा पैठारी संघले एक विज्ञप्ति जारी गर्दै संघले आयात प्रतिबन्ध लम्ब्याउने निर्णयले अवैध मदिराको कारोबार बढ्ने र पर्यटनमा असर पर्ने जनाएको हो । मदिराजन्य पदार्थहरूमा वार्षिक लगभग १ करोड २० लाख अमेरिकी डलर मात्रै खपत हुने भन्दै संघले यसले यसबाट बाहिरने कुल विदेशी मुद्राको ०.१० प्रतिशत मात्रै हुने दाबी गरेको छ ।

आयातित मदिराबाट सरकारले वार्षिक ३ अर्ब ३० करोड राजस्व प्राप्त गर्ने भन्दै संघले प्रतिबन्धका कारण बजारमा नक्कली र भन्सारछलीका अन्तर्राष्ट्रिय ब्रान्डका मदिराहरु आउन सक्ने जनाएको छ ।

‘भारतको उत्तर प्रदेश र पश्चिम बंगाल हुँदै सीमापारिबाट लोकप्रिय ब्रान्डहरूको ठूलो परिमाणमा तस्करी हुन थालेको छ,’ संघले भनेको छ, ‘यसले जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने मदिरा आउन सक्छ ।’ विदेशी मदिरा आयात प्रभावित हुँदा होटल, रेस्टुरेन्ट र बारहरूले ठूलो आय आर्जन गुम्दै गएको भन्दै संघले यसले पर्यटनमा नकारात्मक असर पारेको जनाएको छ ।

सरकारले मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति घटेको भन्दै १३ वैशाखदेखि मदिरासहित १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । विदेशी मुद्रा सञ्चितिमा सुधार नआएको भन्दै असार मसान्तसम्म लागि लगाइएको प्रतिबन्धलाई १ साउनदेखि थप ४४ दिन लम्ब्याउने निर्णय गरेको थियो ।

भन्सार विभागकाअनुसार आयात प्रतिबन्धका बाबजुत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?