+
+

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई प्रक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १७:११

१३ साउन, दाङ । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठमामा लगेर बलात्कार गरेको आरोपमा मुद्दा शाखामा कार्यरत चौलागाईं पक्राउ परेका हुन् ।

साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर बलात्कार गरेको आरोपमा चौलागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । अधिकारीले घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर थुनामा राखेको बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार प्रहरी असई चौलागाइले शुक्रबार बिहान २ बजेरित प्रहरी हिरासतमा भएकी महिलालाई सोधपुछ गर्ने बहानामा आफू बस्ने माथिल्लो भवनमा पुर्‍याएका थिए । त्यसपछि हिरासतमा रहेका अन्य केटाहरुले मध्य रातमै होहल्ला गरेका थिए ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?