+
+

बार्सिलोनाको अग्रपंक्तिमा जाभीलाई थुप्रै विकल्प

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १७:२८

१३ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाको आक्रमक पछिल्ला सिजनहरुमध्ये सबैभन्दा प्रतिस्पर्धात्मक देखिएको छ । नयाँ अनुबन्ध भएका खेलाडी र आफ्नै एकेडेमीबाट आएका युवाहरुका कारण प्रशिक्षक जाभीका लागि धेरै विकल्प छ ।

क्लबले नयाँ सिजनअघि खेलाडी अनुबन्धमा ठूलो खर्च गरिरहेको छ । बार्सिलोनाले जुल्स कोन्डेलाई पनि सेभियाबाट क्लब भित्र्याउने सहमति गरिसकेको छ । जाभीका लागि टिमलाई अधिक आक्रमक बनाउन धेरै खाले विकल्पकहरु छन् र उनले आफूले चाहे जसरी छनोट गर्ने सुविधा छ ।

सुरुमा उसमान डेम्बेलेको कुरा । यी फ्रेन्च स्ट्राइकर बार्सिलोनामा अनुबन्ध हुँदा प्रशंसा र आलोचना दुवै भएको थियो । बारम्बारको चोटले गर्दा उनले निरन्तर खेल्न पाएनन् ।

यद्यपी उनले अमेरिकाको प्रिसिजन टुरमा युभेन्ट्सविरुद्ध गरेको प्रदर्शनले उनी प्रेरित भएका छन् । उनले युभेन्ट्सविरुद्ध दुई गोल गर्दै आफूलाई प्रमाणित गरे ।

यस्तै बायर्न म्युनिखबाट रोबर्ट लेवान्डवस्कीलाई अनुबन्ध गरेपछि बार्सिलोनामा पिएरे एमरिक औबामेयाङ र लेवान्डवस्कीको पुनर्मिलन हुनेछ । सन् २०१३–१४ सिजन यी दुई मिलेर बोरुसिया डर्टमण्डका लागि ४४ गोल गरेका थिए ।

युभेन्ट्स विरुद्ध यी दुईले आफ्नो कनेक्सन अझै कायम रहेको देखाए । यसै समरमा अनुबन्ध भएका स्टार खेलाडी लेवान्डोस्कीले बार्सिलोनाका लागि पहिलो खेल खेले । उनले अझै गोल गर्न बाँकी छ ।

उनी युभेन्ट्स विरुद्ध केही समय मात्रै मैदानमा रहे ।

यसबाहेक बार्सिलोनामा अन्य विकल्प पनि छ । मेम्फिस डिपे, नयाँ अनुबन्ध भएका रफिन्हा, नम्बर १० जर्सी लगाउने अंशु फातीदेखि फेरान टोरेस र मार्टिन ब्रेथबेइटसम्म छन् ।

डिपे क्लबबाट बहिर्गन हुने नाममा समावेश रहे पनि उनलाई बिर्सन सकिँदैन । अमेरिका टुरमा यी डच खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । उनले इन्टर मायमीविरुद्ध गोल पनि गरे ।

यस्तै रफिन्हा अर्का राम्रा खेलाडी छन् । यसअघि लिड्सबाट खेलेका ब्राजिलिनय रफिन्हाले प्रिसिजन राम्रो प्रदर्शन गरिरहेका छन् ।

नयाँ अनुबन्ध भएका खेलाडीहरुले आफूलाई प्रमाणित गर्न बाँकी नै छ । यसमा एकेडेमी उत्पादनका खेलाडीहरु पनि छन् । जसमा अंशु फाती अगाडि छन् । उनी चोटबाट निको भएर पर्केका छन् ।

स्पेनिस फातीले शल्यक्रिया गर्नुअघिकै लयमा फर्किने क्लबको विश्वास छ ।

अग्रपंतिमा प्रतिस्पर्धा देखिनुले कोचिङ स्टाफका लागि पहिलो रोजाई छनोट गर्नु टाउको दुखाईको विषय बन्न सक्छ । प्रशिक्षक जाभी स्वस्थ प्रतिस्पर्धाबाट उत्साहित छन् ।

लेवान्डोस्कीको आगमनपछि अन्य खेलाडीका लागि पनि आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन सहयोग पुग्ने विश्वास छ ।

मार्काबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?