+
+

आठ पटकको विजेता जर्मनीलाई हराएर इंग्ल्याण्डले पहिलो पटक जित्यो महिला युरो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १४:३५

१६ साउन, काठमाडौं । आयोजक इंग्ल्याण्डले सर्वाधिक ८ पटकको च्याम्पियन जर्मनीलाई २-१ ले पराजित गर्दै पहिलो पटक महिला युरो कपको उपाधि जितेको छ ।

आइतबार राती वेम्लीमा भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डले जर्मनीलाई अतिरिक्त समयमा पराजित गरेको हो । कीर्तिमानी ८७ हजार १९२ उपस्थित दर्शकसामु वैकल्पिक खेलाडी छलोए केलीले अतिरिक्त समयमा निर्णायक गोल गरिन् ।

रोमाञ्चक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

इला टोनीले ६२ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । लिना मागुलले ७९ औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काइन् ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जसमा केली नायक बन्दै ११०औं मिनेटमा गोल गरेपछि इंग्ल्याण्डल पहिलो पटक च्याम्पियन बन्यो ।

इंग्ल्याण्ड महिला युरोकप जित्ने पाँचौ राष्ट्र समेत बनेको छ । यसअघि सन् २००९ मा पछिल्लो पटक फाइनल खेलेको इंग्लयाण्ड जर्मनीसँग नै पराजित भएको थियो । जर्मनीले सर्वाधिक ८ पटक उपाधि जित्दा नर्वेले दुई तथा स्वीडेन र नेदरल्याण्ड्सले १-१ पटक उपाधि जितेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?