+
+

विकिपेडियासँग किन असन्तुष्ट छन् एलन मस्क ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १४:४५

१६ साउन, काठमाडौं । अनलाइन इनसाइक्लोपेडिया प्लाटफर्म विकिपेडियाले आर्थिक मन्दी (resession) सम्बन्धी पेजलाई सम्पादन गर्न नसकिने बनाएपछि विश्वका नम्बर एक धनाढ्य एलन मस्कले त्यसको आलोचना गरेका छन् ।

टेस्ला सिइओ मस्कले विकिपेडियाका सह सस्थापक जिम्मी वेल्समाथि तिक्ष्ण आलोचना गर्दै विकिपेडियाले आफ्नो वस्तुपरकता गुमाउँदै गएको टिप्पणी गरेका छन् ।

ट्वीटरमा सोधिएको प्रश्नका जवाफ दिँदै मस्कले विकिपेडियामा रहेको आर्थिक मन्दीको पेज सम्पादन गर्नबाट प्रयोगकर्तालाई बन्देज लगाइएको विषयमा असन्तुष्टि व्यक्त गरेका हुन् । विकिपेडियाका सस्थापक जिम्मी वेल्सलाई ट्याग गर्दै उनले लेखेका छन् : विकिपेडियाले आफ्नो वस्तुपरकता गुमाउँदै गएको छ ।

न्युयोर्क पोस्टका अनुसार विकिपेडियाको च्भअभककष्यल (आर्थिक मन्दी) को विषयको पेजमा प्रयोगकर्ताहरुबीच सम्पादन गर्ने युद्ध नै चलेपछि विकिपेडियाले अगष्ट सम्मका लागि उक्त पेजलाई सम्पादन गर्न नमिल्ने बनाएको छ ।

खासगरी अमेरिकी सरकारले पछिल्लोपटक सार्वजनिक मुलुकको आर्थिक तथ्यांकमा कुल गाह्र्रस्थ उत्पादनमा गिरावट आएतापनि त्यसलाई आर्थिक मन्दी मान्न तयार नभएपछि विकिपेडियाको आर्थिक मन्दी सम्बन्धी पेजमा आर्थिक मन्दी लगायतका विषयमा आ आफ्ना परिभाषा तथा तथ्य तथ्यांक राख्नका लागि बाइडेन समर्थक र विरोधीहरुबीच तिव्र होडबाजी नै चलेको छ ।

त्यसक्रममा एकजना विकिपेडिया प्रयोगकर्ताले उक्त पेजलाई सम्पादन गरी आर्थिक मन्दी अर्थात् च्भ्अभककष्यल को मान्य परिभाषा जनाउने सन्दर्भ सूचिहरु नै हटाइदिए । साथै आर्थिक मन्दीको बारेमा विश्वका कुनैपनि सर्वमान्य परिभाषा नरहेको उनले ठोकुवा गरे ।

उक्त पेजमा निरन्तर सम्पादनको युद्ध चलेपछि विकिपेडियाले त्यसलाई लक गरिदिएको छ । हाल च्भअभककष्यल पेजको माथि दायाँपट्टि लक आइकन देख्न सकिन्छ । यो भनेको उक्त पेज अर्धसंरक्षित हो । दर्ता नभएका प्रयोगकर्ता तथा कन्फर्म्ड वा अटो कन्फर्म्ड नभएका अकाउन्टबाट उक्त पेजलाई सम्पादन गर्न मिल्दैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?